Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु, एक घाइते


    सोमबार, मंसिर ८ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन्।

    पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा आज दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा परी गम्भीर घाइते भएका पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने पाइलट नेपालीको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । 

    उनका अनुसार घटनामा घाइते प्याराग्लाइडिङमा सवार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ का २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भीर रहेको छ । फेवाताल किनारस्थित क्याम्प चोकमा अवतरण गर्ने स्थानभन्दा करीब एक दशमलव दुई किलोमिटर टाढा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार