Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँसभा बदरको माग गर्दै अदालतमा मुद्दा


    सोमबार, मंसिर ८ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । गाउँसभा बदरको माग गर्दै सिरहाको बरियारपट्टी गाउँपालिकाका उपाध्यक्ष तथा केही वडाअध्यक्षले अदालतमा मुद्दा दायर गरेका छन् । 

    कानूनी प्रक्रिया पूरा नगरी गाउँपालिकाका अध्यक्षले मनपरी रुपमा गाउँसभा गरेको भन्दै बदरको माग गर्दै गाउँपालिकाका उपाध्यक्ष रेखाकुमारी यादव, वडा नं १ का वडाध्यक्ष नेवालाल यादव, वडा नं ४ का वडाध्यक्ष नवीनकुमार यादव र स्थानीय गुमस्ताकुमार यादवलले उच्च अदालत जनकपुर इजलाश राजविराजमा मुद्दा दायर गरेका हुन् । 

    गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले केही वडाध्यक्षको मिलोमतोमा कानून विपरीत गाउँसभा गरेको भन्दै गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको कानूनका विद्यार्थीसमेत रहेका गुमस्ताकुमार यादवले जानकारी दिनुभयो ।

    असार १० गतेभित्र गाउँसभा गरिसक्नुपर्ने प्रावधान भए पनि गत कात्तिक २ गते बरियारपट्टी गाउँपालिकाको गाउँसभा सम्पन्न भएको थियो ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार