Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाइजोको लोभमा छोराको अर्को विवाह गर्न तम्सिएपछि…


    सोमबार, बैशाख २४ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । दाइजो लेनदेन र घरेलु हिंसालाई नेपाली कानून र समाज दुबैले अपराध माने पनि बीरगंज निवासी राजकिशोरले समाज र कानूनलाई बेवास्ता गर्दै आफ्नो कान्छो छोराको दोस्रो बिहे गराउन कन्याको खोजिरहेको खबर प्राप्त हुन आएको छ ।

    प्राप्त जानकारी अनुसार राजकिशोरले आफ्नो छोरा ऋतुराजको लागि बिहार राज्यको सिवान जिल्लाको बाबुनिया निवासी एक धनाढ्यकोे मुंबई बस्ने कामकाजी युवती खोजेर ७५ लाख भारू दाइजोकोे रूपमा असूल गरी बाराको सिमरास्थित होटल इच्छामा भब्यरुपमा सम्पन्न भएको थियो । ५ बर्षअघि २०७५ माघ २६ गते सम्पन्न भएको बिहेकोे सम्पूर्ण खर्च पनि बेहुली पक्षले नै व्यहोरेको थियो ।

    बिहे भएको ३–४ महिना नबित्दै ऋतुराजले आफ्नो श्रीमतीसँग भएको ३० लाख रुपैयाँ हात पारी AUDY  कारकोे माँग राखेर झमेला खडा गरी कोठामा आफ्ना अन्य साथीहरुलाई बोलाएर श्रीमती सुनिता (नाम परिवर्तन) लाई मानसिक दबाब दिन थालेको आरोप लगाइएको छ ।

    ऋतुराजले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदकोे मुद्दा जिल्ला अदालत पर्सामा दायर गरेकोमा उनको दावीलाई अदालतले अस्वीकार गरेको थियो ।

    अदालतमा सम्बन्ध विच्छेदकोे मुद्दामा आफ्नो हकमा फैसला नभएपछि पनि बिहेको निम्ति राजकिशोर कलवारले पुनः आफ्ना कान्छा छोराकोे बायोडाटा बजारमा बाँडेर अर्को केटीको खोजीमा रहेको चर्चा प्रतिष्ठित कलवार समाजभित्र चल्न थालेको छ ।

    बीरगंजकोे रैथाने कलवार समाजले राजकिशोरलाई पहिले बिहे गरी भित्र्याएको बुहारीसँग थप दाइजो र अनावश्यक लाभका लागि दबाव दिनसकेको छैन । समाजले घृणा गर्दै हिँडेको भएता पनि राजकिशोरले छोरा ऋतुराजकोे बिहेकोे लागि केटी खोज्दै हिँडिरहेका छन् ।

    ऋतुराजले बिहे गर्नु भन्दा अगाडि २०७५ बैशाख २३ गते राजकिशोरले आपसमा अंशबण्डा गरेको लिखत पारित गरी आपसी समझदारीमा भिन्दै बसेको भन्दै ऋतुराजकोे नाउँमा कमसल जग्गा भागमा पारी २०७६ कात्तिक १५ गते मिलापत्र गरेको तथ्यले बाबुछोरा दुबैकोे नियत गलत भएको देखेर अदालतले मिलापत्र बदर दर्ता हक कायम को फैसला गरेको थियो ।

    केटी पक्ष भारतीय भएको र हाल बिहारकोे राजधानी पटना बस्दै गरेकोले उनीहरुकोे नेपालमा पहुँच नपुग्ने र आफ्नो राजनीतिक कनेक्सनको आधारमा मनपरी गर्ने राजकिशोरकोे बुझाइ रहेको छ । यस सन्दर्भमा संचारकर्मीले राजकिशोरसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार