Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव समूहका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ


    सोमबार, मंसिर ८ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र(विप्लव)समूहको जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ६ जना विस्फाेटक पदार्थसहित पक्राउ परेका छन् । प्रहरीले रोल्पाको गंगादेव गाउँपालिका–२ घर भएका लमजुङ जिल्ला इन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी, दोर्दी–७ घर भएका जिल्ला सेक्रेटरी ४६ वर्षीय बिलबहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरेकाे हाे।

    प्रहरीले उनीहरूलाइ दोर्दी गाउँपालिका–८ खिन्चोक पाँचस्वाराबाट पक्राउ गरेकाे हाे। पक्राउ पर्ने अन्यमा लमजुङको मध्यनेपाल नगरपालिका–४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँवर, राईनास नगरपालिका–६ का जिल्ला सदस्य ३४ वर्षीय रविन्द्र नखोला, दोर्दी–७ का २२ वर्षीय दुर्गालाल तामाङ (कार्यकर्ता) र मध्यनेपाल–१० का २६ वर्षीय सुजन थापा (कार्यकर्ता) रहेका छन् ।

    जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार गएराति १ बजेको समयमा उनीहरु भेला भइ अवाञ्छनिय गतिविधि गरेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । 
    उनीहरुलाई खानतलासी गर्ने क्रममा झोलाभित्र लुकाइछिपाइ राखेको विस्फाेटक पदार्थ गन्धक ५ सय ग्राम, बारुद ५ सय ग्राम, सोडा ५ केजी सेप्टिफ्युज १.५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छर्राहरु बरामद गरिएको छ ।

    यस्तै, पार्टीसँग सम्बन्धित पोस्टर ५० थान, नेकपाको पर्चा ५० थान, नगद ३१ हजार ६ सय ८५ रुपैयाँ, चन्दा रसिद एउटा, ग १५ प ८१३७ र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल ८ थानसमेत बरामद गरिएको थापाले बताए । उनीहरुविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार