????????????????????????????????????
काठमाडौँ । इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले बैशाख २० गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।
सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल पुलिसको बारेमा जानकारी गराउदै संयुक्त राष्ट्र संघीय मिशन तालिम लगायत अन्य विविध तालिमहरुमा समेत दुई देश बीच सुरक्षाकर्मीहरुको एक आपसमा सहभागीता बढाउँदै सुरक्षाकर्मीहरुको क्षमता अभिबृद्धि गराउनु पर्ने बताए ।
कार्यक्रममा अवलोकन भ्रमण टोलीले सशस्त्र प्रहरी बल नेपालको बारेमा राखेका विविध जिज्ञासाहरुको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले प्रष्ट पार्नुकासाथै दुई देशका संगठनहरुबीच आपसी सहयोग र सहकार्य भविष्यमा समेत निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले सशस्त्र प्रहरी बल नेपालको परिचय, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा सहभागिता लगायतका विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
आइजीपी कृष्ण मुर्तीसहितको टोलीले शुक्रबार सशस्त्र प्रहरी बल नेपालको यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनीको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend