Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हास्य कलाकार भारती र हर्षविरूद्ध अदालतले दियाे यस्ताे आदेश


    आइतबार, मंसिर ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । भारतीय चर्चित हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिंबाचियालाई अदालतले १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूलाई लागुऔषध प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो ।

    अदालतले दुवैजनालाई आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मार्दा गाँजा बरामद गरेको थियो । उनीहरुले आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    एनसीबीले शनिबार नै भारतीलाई पक्राउ गरेको थियो भने हर्षलाई आइतबार बिहान पक्राउ गरेको थियो ।

    उनीहरुविरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार