Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिकित्सकमा कोरोना भएपछि हुम्ला जिल्ला अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द


    आइतबार, मंसिर ७ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमकोट। एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

    स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

    उहाँले सङ्क्रमित चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिने बताउनुभयो । यसअघि एकजना अनमीमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।रासस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार