Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ९५७ संक्रमित थपिए


    आइतबार, मंसिर ७ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ। 

    देशभर १ हजार ६६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २० हजार ३०८ पुगेको छ। 

    २४ घण्टामा ५ हजार ६९९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।  

    आज देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार ३२१ जनाको मृत्यु भइसकेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार