Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ३ सय २१ पुग्याे


    आइतबार, मंसिर ७ २०७७
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा हालसम्म १३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार थप ‍१६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यो संख्या १ हजार ३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।  

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।

    आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार