Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाली सेनाद्धारा बम निष्क्रिय


    आइतबार, मंसिर ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमकोट । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ । सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा बाल्टिन बम र सकेट बम रहेको पुष्टि भएको थियो । ती बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार