Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ


    सोमबार, बैशाख १७ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन्। मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृषि मित्रताको पुल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको व्यापार विस्तारका लागि १४ नाका सञ्चालनमा ल्याइने बताए ।

    यसका साथै मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपालीले चीन जाँनका लागि नि:शुल्क भिषाको व्यवस्था गर्ने सहमति भएकोमा त्यो कार्यान्वयनमा आएको बताए ।

    उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो ।

    यस्तै तिब्बत पठार ब्लू एग्रीकल्चर कम्पनीले नेपाल एग्रीकल्चर कम्पनीबाट ओट घाँस र दाना खरिद गर्ने सम्झौता भएको छ। यससँगै अब नेपालबाट ओट घाँस र दाना चीन निर्यात हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार