Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वरिष्ठ शल्यचिकित्सक डा. मुडभरीको कोरोनाबाट निधन


    शनिबार, मंसिर ६ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणबाट चिकित्सककै मृत्यु भएको छ । वरिष्ठ चिकित्सक डा.ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको हो । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् । 

    राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा मुडभरी ओम अस्पतालका संस्थापक हुन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व. मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार