एजेन्सी । भारतीय प्रहरी (एनसीबी)ले लागूपदार्थको मुद्दामा लगातार अनुसन्धान जारी राखेकाे छ। शनिबार, एनसीबीले मुम्बईमा हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको छ।
उनका पति हर्षसँग सोधपुछ भइरहेको छ। हर्ष पनि पक्राउ पर्न सक्ने अनुमान गरिएकाे छ। भारतीलाई आज राती एनसीबी कार्यालयमा राखिनेछ र भोलि अदालतमा पेश गरिने छ।
एनसीबीले मुम्बईकाे विभिन्न स्थानमा छापा मारेकाे छ। भारती र उनको पति हर्षको घरमा छापा मारेको थियो। भनिएको छ कि भारतीको फ्ल्याटबाट गाँजा बरामद गरिएको छ। त्यसपछि भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई एनसीबीले बोलाएको थियो। अहिले प्रहरीले भारतीलाई पक्राउ गरेकाे छ।
२१ नोभेम्बरमा एनसीबीले खार डण्ड क्षेत्रमा छापा मार्यो र २१ वर्षको एक तस्करलाई एलएसडी, गांजा तथा नित्राजेपम (साइकोट्रपिक ड्रग्स) सहित पक्राउ गर्यो।
त्यसपछि एनसीबीले शनिबार अन्य दुई ठाउँमा छापा मारे, जसमा हास्य कलाकार भारती सिंहको कार्यालय र घर (दुबै स्थान) बाट ८६।५ ग्राम गाँजा बरामद गरिएको थियो। भारती सिंह र उनका पति हर्ष दुवैले भांगको सेवन गरिरहेकाे स्वीकारेका छन्।