Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु


    शनिबार, मंसिर ६ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दमौली ।  तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार