Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं महानगरमा भोलिबाट निशुल्क कोरोना परीक्षण गर्दै


    शनिबार, मंसिर ६ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (आइतबार) देखि निशुल्क कोरोना परीक्षण शुरु गर्ने भएको छ ।

    महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न लागिएको जानकारी दिएका हुन् ।

    यसअघि सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब संकलन रोकेको थियो ।

    तर, अहिले सरकारले आफ्नो निर्णय सच्याएर लक्षण भएकाहरुको सरकारी ल्याबमा निःशुल्क टेष्ट गर्ने निर्णय गरेपछि महानगरले पनि स्वाव संकलन गर्न लागेको हो ।

    महानगरले अब कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरु र अशक्त तथा जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार