Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ सय नाघ्याे


    शनिबार, मंसिर ६ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा हालसम्म १३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यो संख्या  १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।  

    पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६७४ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन्। 

    हालसम्म नेपालमा १ लाख ९३ जहार ३२५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा भने २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार