Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बझाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका संकलन गरिंदै


    आइतबार, बैशाख १६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बझाङको मतपेटिका संकलन कार्य जारी रहेको छ ।

    निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ ।

    आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकप्टरले १० बजेसम्म संकलन गरिसक्ने बताएको छ ।

    बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन गरेपछि मात्र गणना शुरु हुने आयोगले जनाएको छ ।

    ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।  यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार