Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु


    शनिबार, मंसिर ६ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ । पछिल्ला २४ घण्टामा यहाँ २ हजार १५ जनाको कोरोनाका कारण मृत्युु भयो । यो गत मेईयताकै उच्च मृतक संख्या हो । 

    जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा यहाँ १ लाख ८७ हजारमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाबाट २ लाख ६० हजारले ज्यान गुमाइसकेका छन् ।  

    राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर पनि संक्रमित भएका छन् । यसअघि ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पमा पनि कोरोना देखिएको थियो, यद्यपी उनीहरु संक्रमणमुक्त भइसकेका छन् । ‘राष्ट्रपतिका छोराको यस हप्ताको सुरुवातमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । यद्यपी, उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन,’ ह्वाइटहाउस स्रोतले भनेको छ । 

    कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर ५ करोड ७८ लाखभन्दा धेरै पुगिसकेको छ । यसमध्ये ४ करोड ३ लाख मानिस निको भइसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार