Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ दिनका लागि खुल्दै झुलाघाट नाका


    शनिबार, मंसिर ६ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । बन्द रहेको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । भारतसँग सीमा जोडिएको सो नाका आगामी मंसिर ८ गते देखि १२ गतेसम्मका लागि खोलिने भएको हो ।

    भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो बनाउन नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

    नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने उनले बताए ।

    बैतडीमा १२ सय बढी पेन्सनधारी छन् । उनीहरुले गत चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । नाका खुलेपछि अत्यावश्यक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने प्रशासन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार