हेटौंडा । शुक्रबारदेखि देशभर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भयो । देशभरबाट ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएको यस परीक्षामा मकवानपुरका मात्र ७ हजार बढी परीक्षार्थी रहेका थिए ।
हेटौडाको आधुनिक माध्यमिक विद्यालय (मावि) परीक्षा केन्द्रमा आएका केही विद्यार्थीहरू भने प्रश्नपत्रको अस्पष्टताका कारण मर्कामा परेका छन् । परीक्षा सुरु भएपछि प्रश्नपत्रमा प्रश्न बुझ्न नसक्दा उनीहरू निकै तनावमा परेका हुन् । आधुनिक माध्यमिक विद्यालयको कक्षा ‘डी–१२’ मा परीक्षा दिएर निस्किएका विद्यार्थीहरूका अनुसार उनीहरूलाई प्रश्नपत्रमा समावेश चार्टसम्बन्धी प्रश्न बुझ्न नसकिने अवस्था सिर्जना भएको बताउँछन् ।
एक विद्यार्थीले भनेका छन्, ‘प्रश्न ४ मा दिइएको चार्टलाई व्याख्या गर्नुपर्ने रहेछ, तर हाम्रो प्रश्नपत्रमा त्यो चार्ट नै बुझिएन । हामीले निरीक्षकलाई समस्या बताउ“दा पनि उनले अर्को प्रश्नपत्र उपलब्ध गराइदिन बेवास्ता गरे ।’ अर्का एक विद्यार्थीले भने, ‘प्रश्नपत्रमै प्रिन्टिङ समस्या छ, प्रश्न नै बुझिएन । यस्तो समस्या अरू दिन पनि भयो भने हाम्रो दुई वर्षको मेहनत नै खेर जान्छ ।’
यसबारे परीक्षा संयोजक कृष्णगोपाल श्रेष्ठले केही प्रश्नपत्र फोटोकपी गर्दा स्पष्ट नभएको पाइएको र ४ नं.को प्रश्नबारे अन्तिम समयमा मात्र जानकारी आएको हुंदा सबैलाई जानकारी गराउन नसकिएको बताए । उनले परीक्षार्थीले भने जस्तो बेवास्ता नगरिएको बताउदै समस्या लिएर अएकाहरुको प्रश्न पत्र नै उत्तर पुस्तिकासंगै राखी पठाइएको जानकारी दिए ।
विशेषगरी आधुनिक माध्यमिक विद्यालयको हल ‘डी–१२’ मा यस्तो समस्या देखिएको बताइएको छ । यद्यपि सामान्य लाग्ने यस्तो घटनाले विद्यार्थीहरूको भविष्यमाथि नै खेलवाड गर्न सक्ने देखिन्छ । यस्ता समस्याले विद्यार्थीहरूमा तनाव बढाएको र परीक्षाको गुणस्तरमाथि प्रश्न उठेको छ । परीक्षा समितिले यसप्रति गम्भीर ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend