Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीका ६ डीआईजी किन पुगे गृह मन्त्रालय?


    शनिबार, मंसिर ६ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । सेवा अवधि बढाउन माग गर्दै सशस्त्र प्रहरी वल नेपालका ६ जना डिआईजी गृह मन्त्रालय पुगेका छन। 

    ३० वर्षे सेवा अवधिका कारण मंसिर २८ मा अनिवार्य अवकाशमा जान लागेका सशस्त्रका डिआईजी नागेन्द्र थापा, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले आफ्नो जागिर अवधि बढाउन शुक्रबार गृहमन्त्रालयमा निवेदन दिएका हुन। 

    नेपाली सेनाबाट सशस्त्र प्रहरी वलमा सेवा स्तान्तरण गरेका उनिहरुले आफ्नो तालिम अवधिको १८ महिनालाई सेवा अवधिमा जोड्दा मर्का परेको भन्दै सो अवधि गणना गर्ने व्यवस्था हटाई दिन माग गरेका छन। चेनअफ कमाण्ड विपरित आफै गृहमन्त्रालय पुगेका उनीहरु वाहीनिपतिका रुपमा समेत कार्यरत छन। सुरक्षा निकायमा यस्तो कार्यलाई गम्भिर अनुसाशन उलंघनका रुपमा लिदै कार्वाहीको दायरा भित्र पर्ने गर्दछ।  

    थापा, वस्नेत र श्रेष्ठ सशस्त्र मुख्यालयमा छन भने ब्रम्हाचार्य २ नम्वरवाहीनिपति, हरिशचन्द्र कर्णाली प्रदेशको वाहीनिपति र हरिशंकर सुदूरपश्चिम वाहिनीपतिका रुपमा कार्यरत छन। वाहीनिमा कार्यरत डिआईजीहरुका विरुद्ध सिमा नाकामा घुमुवा परिचालन गरेर अवैध असुलि गरेको उजुरी पनि गृहमन्त्रालयमा परेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार