Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शिवम् सिमेन्ट उद्योगमा आगलागी


    शनिबार, मंसिर ६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

    उहाँले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताउनुभयो । स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार