काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दहेर्दै’ मा राखिएको छ ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब यो मुद्दाको सुनुवाई आगामी जेठ २३ मा हुने भएको छ ।
यो मुद्दा २०७२ चैत २२ गते तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए । त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको छ ।
सशस्त्र युद्धको क्रममा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध दिएको किटानी जाहेरी अनुसार यस मुद्दाको सुनुवाइ भइरहेको छ । यस जाहेरीलाई प्रहरीले लामो समयसम्म नलिएपछि सर्वोच्च अदालतले २०६४ को फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि प्रहरीले दर्ता गरेको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend