काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिनुभएको छ । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।
मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई , मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी सहितको टोलीले खोलाको दायाँ र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो ।
‘अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ, हजारौ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहदैन तत्काल निर्माण गरिनुपर्छ’, निरीक्षणपछि मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । प्राधिकरणका आयुक्त तिवारीले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठ सहितको टोलीले ललितपुर र काठमाडौंको सीमाना शंखमुल बुद्धनगर स्थित आर्चबृजबाट अवलोकन सुरु गरिएको थियो ।
हाल आर्चबृज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै मन्त्री श्रेष्ठले सो पुलमुनि अन्डरपास निर्माण प्रकृया सुरु गर्न निर्देशन दिनुभएको थियो । मन्त्री श्रेष्ठले माइतीघर तीनकुने सडकमा सधै सवारी जाम भैरहेने सो पुलमुनी अन्डरपास निर्माण गर्न प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो । मन्त्री श्रेष्ठले सवारी चाप हुने यस्तो क्षेत्रमा अन्डरपास निर्माण नगर्नुको कारण समेत सोधेका थिए ।
सो क्रममा मन्त्रालयका सचिव डा. सिहले सकेसम्म चालु आर्थिक वर्ष नभए एक वर्षभित्र अन्डरपास निर्माण हुने जानकारी गराउनुभएको थियो । ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण गरिएको छैन । मन्त्री श्रेष्ठ रेलिङ नाध्दै पुलमुनी पुगेर निरीक्षण गर्नुभएको थियो ।
लगत्तै चावहिलस्थित ओम अस्पताल क्षेत्रमा पुग्नुभएका मन्त्री श्रेष्ठले खुला मंगाल तथा खाल्डो देखेर खाल्डोका कारण हुनसक्ने सम्भावित दुर्घटना प्रति ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री श्रेष्ठले दुर्घटना हुनबाट जोगाउन बाटोमा देखिएका यस्ता मंगाल र खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएको थियो ।
अवलोकनका क्रममा करिडोरभित्र पर्ने पुलमुनी फोहोर थुपारिएको, फुटपाथमा व्यावसाय सञ्चालन गरिएको, विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएको देर्खिएको थियो ।
‘हेर्नुस् त करिडोरको हालत यस्तो ? हाम्रो अधिकारक्षेत्र मिचेर धमाधम निर्माण गरिरहेको निकायसंग तत्काल समन्वय गर्न लगाउनुस्’, मन्त्री श्रेष्ठले भन्नुभयो । अवलोकनको क्रममा प्रमका विदेश मामिला सल्लाहकार डा भट्टराईले करिडोर निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।
निर्माण गर्न अवरोध वा समस्या भए तत्काल मन्त्रालयमा जानकारी गराउयन प्राधिकरणलाई आग्रह समेत गर्नुभएको थियो । टोलीले धोबीखोला करिडोश शुरु भएको बुढानिकण्ठ देखि काठमाडौं र ललितपुरका सिमाना शंखमुलसम्म निरीक्षण गरेको थियो । निरीक्षण क्रममा सचिव डा. सिहले करिडोर निर्माण गर्दा देखिएका समस्या समाधान गरी तत्काल काम अघि बढाइने जानकारी गराउनुभएको थियो ।
उहाँले करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, फुटपा व्यवस्थित गर्ने, र खाल्डाखुल्डी पुर्ने काम एकसाताभित्र सकिनेगरी आजैबाट हुरु गर्ने बताउनुभएको थियो । अवलोकन भ्रमणपछि प्राधिकरणमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आफुसँगै अवलोकनमा गएका सञ्चारकर्मीले आफ्नो आखाले देखे अनुसार रिपोर्टिङ गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विषेश चासो व्यक्त गर्नुभएको करिडोरको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रमका विदेश मामिला सल्लाहकार भट्टराई मन्त्रालयका सचिव र प्राधिकरण प्रमुख सहितको टोली करिडोर अवलोकन भ्रमण गरेको मन्त्री श्रेष्ठले जानकारी गराउनुभयो ।
उहाँले उपत्यकाको लाइफलाइनको रुपमा रहेको धोबीखोलाको इज्जत र सौन्दर्यता खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने मन्त्रीको भनाई थियो । ‘केही समस्या भए सल्लाह गर्न आउनुस्, परियोजनालाई कुनैपनि हालतमा सफल बनाउन हामी सबै लागौं’, मन्त्री श्रेष्ठको भनाई थियो । परियोजनाको बारेमा जानकारी गराउनै प्राधिकरणका प्रमुख डा. तिवारीले आगामी एक वर्षभित्र करिडोरको सम्पुर्ण काम सम्पन्न हुने जानकारी गराउनुभयो । ‘हामीले बाटो खोलिसकेका छौ, केही सामान्य समस्या बाहेक कुनै व्यवधान छैन, तोकिएकै समयमा निर्माण सक्नेछौं’, उहाँले भन्नुभयो ।