काठमाडौं । नेपाल प्रहरीले शुक्रबार ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवाली ७ महिनामै तानिएका छन् । उनी गएको जेठमा काठमाडौं परिसरमा सरुवा भएका थिए । जनक भट्टराई महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा सरुवा भएका छन् ।
हेर्नुहोस् सरुवा सूचीः