Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुस लिएको अभियोगमा मुद्दा दायर


    बिहिबार, मंसिर ४ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो ।

    आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगोअनुसारको कारवाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार