Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४ सय ४२ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत


    बिहिबार, मंसिर ४ २०७७
    610
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ४२  सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

    मन्त्रालयको तथ्यांक अनुसार ६२ जना भेन्टिलेटरमा र ३ सय ८० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६१ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४८ जना आइसियु र ३ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ११ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै सुदुरपश्चिममा ६ आइसियु र १ जना  भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १० आइसियु उपचाररत रहेका छन्। 
    यसभन्दा अघि बुधबार ३ सय ८०, मंगलबार ३ सय ५६ जना मानिस आइसियु र भेन्टिलेरमा उपचारत रहेका थिए। 

    नेपालमा २ लाख १५ हजार २० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये  १ लाख ८५ हजार ६ सय ३८ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय ७६ जनाको मृत्यु भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार