२०८१ बैशाख ४ गते मंगलबार ‘भूपेन्द्रलाई सत्तोसराप गर्दै योगेन्द्रले पड्काए डीएसपी’ शीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा मेरो नाम र तस्वीर समेत राखेर प्रकाशित समाचारले मेरो व्यक्तिगत मानमर्दन, ब्यक्तिगत लाञ्छना समेत लगाएको छ । तथ्यहीन, कपोलकल्पित, भ्रामक विषयबस्तु राखेर प्रकाशन गरिएको समाचार प्रेस स्वतन्त्रता समेतको धज्जी उडाउँदै दुरुपयोग समेत भएको मेरो निष्कर्ष छ ।
समाचारमा उल्लेख भए जस्तो बढुवाका लागि न मैले कसैलाई गाली गरेको छु न त्यसो गर्ने मेरो उद्देश्य र सोच हुन्छ । समाचार प्रकाशनले मेरो ब्यक्तिगत, सामाजिक र ब्यवसायीक जीवनमा समेत असर पार्ने कुत्सित नियतले बदनाम गर्ने उदेश्य रहेकाले उक्त समाचारमा कुनै सत्यता नभएको जानकारी गराउँदै खण्डनका लागि अनुरोध गर्दछु ।
समाचार प्रकाशन गर्दा पत्रकारिताको न्युनतम आचार संहिता अन्तर्गत दोस्रो पक्षलाई समेत सोध्नुपर्नेमा त्यसो समेत नगरी एकपक्षीय समाचार प्रकाशन गरी काल्पनिक कथाले ममाथि पर्न गएको असर, त्यसले पार्ने प्रभाव समेतका बारेमा ध्यानाकर्षण गराउन चाहन्छु । समाचारमा उल्लेख गरिएका सबै झुटा विषयको खण्डन गरिदिन अनुरोध गर्दछु ।
–योगेन्द्र तिमल्सिना, प्रहरी नायब उपरीक्षक, नेपाल प्रहरी
काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend