काठमाडौं । नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने अहिलेसम्म १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै बिहीबारमात्रै २ हजार ८ सय ५८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।