काठमाडौँ । सफल फिल्म होस्टेलको तेस्रो सिरिजको घोषणा गरिएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् ।
‘होस्टेल’ श्रृंखलाका निर्माता सुनिल रावल तेस्रो श्रृंखलामा कलाकारको रुपमा मात्र रहने भएका छन् । उनले फिल्म निर्माणको अधिकार सम्मान इन्टरटेन्मेन्टलाई दिएका छन् । फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला तथा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह निर्मातामा छन् । फिल्मलाई यसै वर्ष छायांकन र रिलिजको तयारी गरिएको छ ।
होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरुको भविष्यका घटनामा आधारित भएर फिल्म बन्ने निर्देशक कँडेलले जानकारी गराएका छन् ।
माधव शर्माको पटकथा लेखन रहेको फिल्ममा निर्देशक कँडेल स्वयंको कथा छ । स्क्रिप्ट लेखनमा मात्र डेढ वर्ष लागेको माधवले बताएका छन् । यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहने फिल्मका लागि कलाकारहरु भने निश्चित हुन बाँकी रहेको जनाइएको छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend