Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नेपाल प्रहरीमा थपियो एक एआइजी र पाँच डीआईजीको दरबन्दी


    बिहिबार, मंसिर ४ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्न ‘ओएनएम’ स्वीकृत गरेको छ।

    स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयमा पनि एआईजी राख्ने निर्णय भएको छ। यसअघि एआईजीको दरबन्दी घटाएर तीनमा झारिएको थियो। यसैगरी डिआईजीको दरबन्दी अब १९ पुगेको छ।

    पछिल्लो निर्णयसँगै हालका डीआईजी विश्वराज पोखरेललाई अबको प्रहरी महानिरीक्षक (आइजीपी) बन्ने बाटो सहज भएको छ। हाल रहेका डीआईजीमध्ये पोखरेल सबैभन्दा सिनियर हुन्।

    उनी अन्य डीआईजीभन्दा करिब एक वर्ष पहिला एसएसपीबाट बढुवा भएका थिए। हाल रहेका तीन जना एआईजी वर्तमान आईजिपी शैलेश थापाकै ब्याचका भएकाले २०७९ साल बैशाख १८ गते थापासँगै अन्य तीन जना एआईजीले अनिवार्य अवकाश पाउनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार