Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूपेन्द्रलाई सत्तोसराप गर्दै योगेन्द्रले पड्काए डिएसपी


    मंगलबार, बैशाख ४ २०८१
    3.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । ‘हजुर, त्यो भूपेन्द्र छ नि, भूपेन्द्र ?’ सबै जना अक्कबक्क परे । अनि, एकजनाले सोधे, को भूपेन्द्र ? ‘त्यही काठमाडौंको एसएसपी छ नि, त्यसैले हो हजुर मलाई बिगारेको ?’ हामी सुदूरपश्चिमकालाई देखिसहेन । सबलाई सिध्यायो । अव त्यसलाई पनि सिध्याउनुपर्छ ।’

    बहालवाला इन्स्पेक्टर योगेन्द्र तिमिल्सेना (उपाध्याय) को मुखबाट एसएसपी भूपेन्द्र खत्रीको सत्तोसराप भएपछि गृहमन्त्री रवि लामिछानेको सचिवालयका कर्मचारी अक्क न बक्क परे । डिएसपीमा बढुवा माग्न चैत २१ गते गृहमन्त्रालय पुगेका योगेन्द्रलाई गृहमन्त्री लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले सम्झाउंदै भने–तपाईंलाई अन्याय भएको भए, हामी हेरौंला । अहिले तपाई जानुहोस् ।’ कम्युटरमा ४३७६१९ संकेत नम्वर भएका योगेन्द्र झन उग्र भए ।

    ‘म त संयुक्त राष्ट्रसंघको मिसनका लागि सुडानमा छु । यसैका लागि बिदा लिएर आएको हुँ । जे जति खर्च लाग्छ, म दिन्छु । तर मलाई बढुवा चाहियो ।’ फेरि बोहराले झपारे, ‘यस्तो वाहियात कुरा नगर्नुहोस्, तपाई जानुहोस् । अन्याय भएको भए हेरांैला भनेकै छु ।’ योगेन्द्र के चुप लाग्थे–फेरि फूर्ति गर्न थाले । हजुर, त्यो भूपेन्द्रलाई त डिजाईजी बनाउनुहुंँदैन है । बरु, मेरो दाइ हुनुहुन्छ, विश्व अधिकारी । उहाँलाई पनि भेटन ल्याउँछु । जे जति लाग्छ, युएनमा कमाएको जति मै खर्च गर्छु । तर भूपेन्द्र (भूपेन्द्र खत्री) लाई भष्म गर्नुपर्छ ।’

    इन्स्पेक्टर योगेन्द्रको कुरा सुनेर गृहमन्त्री लामिछानेको सचिवालयका सबैजना चकित थिए । संयोग कस्तो थियो भने–त्यहीबेला डिएसपी बढुवाको फाइल बोकेर आइजीपी बसन्त कुँवर गृहमन्त्री लामिछानेसँग गोप्यमा छलफल गर्दैथिए । अर्कोतिर, गृहमन्त्रीका प्रमुख स्वकीय सचिव बोहराको मोवाइलमा एकपछि अर्काे गरी फोनको रिङ बजेको बज्यै थियो ।

    सुदूरपश्चिमका जिल्ला तहदेखि केन्द्रसम्मका सबै नेताको घर–घर धाएका योगेन्द्रलाई बढुवा दिन सबैले बोहरालाई लगातार फोन गरिरहेका थिए । सूपका नेतादेखि भएभरकाले दबाब दिएपछि इन्स्पेक्टरको ४८ नम्वरमा रहेका योगेन्द्र १० नम्वरमा बढुवा पनि भए । तर, त्यसपछि उनको चर्तिकला देखेर सुदूरपश्चिमकै नेताहरु छक्क परेका छन् । ‘बढुवा पछि, ल भाइ बधाइ छ भनेर फोन गरेको त, केही दिन त फोन नै उठाएन’ सूपका एक जना एमाले नेता सिंहदरवारस्थित कांग्रेसको क्यान्टिनमा खाजा खाँदै भन्दै थिए–धन्यवाद भन्ला भनेको त । ए, तपाईहरुको हैसियत नै रहेनछ । म त माल बुझाएर बढुवा भएको हुँ । युएन मिसनमा कमाएको डलर र टिकापुरको घरबाट आएको बैना काम लाग्यो, पो भन्छ ।

    कस्तो मान्छे रहेछ यो त ? हुन पनि, योगेन्द्रले सुदूरपश्चिमका नेताहरुलाई कति बेवकुफ बनाएका रहेछन् भने, सुदूरपश्चिमकाले सोधे आफ्नो घर अछाम हो भन्ने । अरुले सोधे ललितपुर भन्ने । बढुवाको फाइलमा पनि ठेगाना ललितपुर लेखाएका रहेछन् । मिसन फर्किन लागेका योगेन्द्रले साथीलाई भन्दैछन रे–बढुवा भइहालियो । अव टन्न माल कमाएर ल्याउँछु । त्यो भूपेन्द्रलाई देखाउनकै लागि कि त दरवारमार्ग, कि त सोह्रखुट्टेमै बस्ने हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार