Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण ७० वर्षीय वडाअध्यक्षको मृत्यु


    बिहिबार, मंसिर ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । धनुषामा कोरोना संक्रमणबाट ७० वर्षीय वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । 

    सोमबार ज्वरो आएपछि पुष्पवलपुरस्थित स्वास्थ्य क्लिनिकमा उपचार गराएका थिए । शारीरिक अवस्था कमजोर हुँदै गएपछि मंगलबार प्रादेशिक अस्पतालमा भर्ना भए । त्यहाँ स्वाब संकलन गरी जाँच गर्दा कोरोना संक्रमित देखिएको र शरीरमा अक्सिजन कम हुँदै गएपछि आइसोलेसनमा राखेर उपचारका क्रममा बिहीबार मृत्यु भएको बताइएको छ । 

    पूर्वएमालेबाट वडा अध्यक्षमा निर्वाचित मोक्तानको मृत्युपछि नेपाली सेनाको टोलीले स्वास्थ्य सुरक्षाको विधि पालना गरी अन्त्येष्टि गर्ने तयारी भैरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार