पोखरा । पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा–१७ की ७५ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई गत कात्तिक २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । निमोनिया, हाइपरटेन्सन, मधुमेह लगायत समस्या रहेको उनको बिहीबार मृत्यु भएको हो ।
यस्तै, बिहीबार बिहान पोखरा–९ की ८९ वर्षीया कोरोना संक्रमित महिलाको पनि निधन भएको निर्देशनालयले पुष्टि गरेको छ । भने लमजुङको बेंसीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुधबार साँझ पोखरामा निधन भएको छ ।
गण्डकीमा बिहीबारसम्म १ सय ३० कोरोना संक्रमितको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।