काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा घाइते भएर निधन भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।
राप्रपाले चैत २७ गतेको काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भइ छाउनी अस्पतालमा उपचाररत डाँगीको दु:खद निधनले स्तब्ध भएका उल्लेख गर्दै उनको निधनले पार्टीलाई ठुलो क्षति भएको बताएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि भएको प्रशासनिक दमन निन्दनीय रहेको र नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् ।
डाँगी राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका संस्थापक अध्यक्ष थिए ।
प्रवक्ता श्रेष्ठले भनेका छन्- ‘प्रदर्शनमा प्रहरीको अन्धाधुन्ध लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहारबाट चार दर्जन बढी घाइते भएका, ति मध्ये कैयौं घाइते उपचारपछि घर फर्किसकेको र जटिल शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन् । प्रहरीको दमन र अश्रुग्यास प्रहारबाट घाइते भएका डॅागीको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । डाँगीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको छ ।’
डाँगीको निधनमा शोक प्रकट गर्न राप्रपाले ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend