काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल बारले राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुनसंरचनाको एजेण्डा अघि बढाउने प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरेको जानकारी दिएको हो ।
नेपाल बारले बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य संयोजकत्वमा गठित ९ सदस्यीय समिति बनाएको छ । समितिमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, सविता भण्डारी वराल, चन्द्रकान्त ज्ञवाली, खम्व बहादुर खाती, रमेश बडाल, पंकज कर्ण, दिपेन्द्र झा र यज्ञमणी न्यौपाने सदस्य रहेका छन् ।
नेपाल बारले न्यायपालिकामा रहेका विकृति विसङ्गति हटाउनको लागि समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई सम्मेलनको मुख्य एजेण्डा बनाउने बताएको छ । न्यूज कारखाना
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend