Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु


    बिहिबार, मंसिर ४ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका ७ की ८४ वर्षीया महिलाको आज बिहान पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

    निमोनियाँसम्बन्धी समस्या भई कात्तिक २८ गते पुरानो मेडिकल कलेज भर्ना भएकी उनको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  

    ती महिलाको कात्तिक २९ गते स्वाव परीक्षण गरिएको सोही दिन उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको उपचार हुँदै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार