काठमाडौं । माओवादी केन्द्र छाडेर नयाँशक्ति हुँदै उपेन्द्र यादवको जसपा र त्यसपछि नेपाल समाजवादी पार्टी खोलेका डा. बाबुराम भट्टराईका दुई सांसदले त छाडे छाडे, पीएले समेत छाडेका छन् ।
बाबुरामलाई २० बर्षदेखि सचिवालयमा बसेर साथ दिएका विश्वदीप पाण्डेले सोमबार माओवादी केन्द्रमा फर्किएका छन् । पाण्डे समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।
डा. भट्टराईका पीए विश्वदीप पाण्डे समाजवादी पार्टी छाडेर नेकपा माओवादीमै फर्किएका छन् । उनका पिता स्व. भक्ति पाण्डे पनि डा. बाबुरामकै अनुयायी थिए ।
माओवादी फर्किनुपर्नाको कारण खुलाउँदै पाण्डेले लेखेका छन्–‘केही बर्षको उतारचढाव,आफ्नै प्रकारका भोगाई र अनुभूतिसँगै म नेकपा माओवादी केन्द्रमै फर्किएको छु । माओवादी पार्टी र अध्यक्ष कमरेड प्रचण्डसँगको सहकार्य मेरा लागि कुनै नयाँ कुरा हैन । यहाँ मेरा लागि पहिलेकै जस्तो प्रेम, स्नेह र सद्भाव छ भन्ने पूर्ण विश्वास छ ।
सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा टुटेर, फुटेर अथवा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने रहेछ । आज देशलाई वामपन्थी शक्तिबीच नयाँस्तरको एकता र सहकार्य चाहिएको छ । अझ हिजोका क्रान्तिकारी शक्तिहरु सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर एकताबद्व हुनु झनै आवश्यक छ ।
यो क्षण म केही भावुक पनि भएको छु । कतिपय पुराना र पेचिला स्मरण जीवन्त भएर आएका छन् । यो पार्टी र आन्दोलनको निर्माणमा मेरो बुबाको सम्पूर्ण जीवन नै समर्पित भयो । म आफूले यसमा सक्दो भूमिका र योगदान गरेँ । कतिपय राजनीतिक घटनाक्रमको जटिलताले हामी केही टाढा–नजिक भयौं होला तर, भविष्यका नयाँ चुनौती पूरा गर्न यो पार्टी र आन्दोलनलाई नयाँ स्तर र उचाईमा उठाउन योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर फेरि यात्रामा लामवद्ध भएको छु ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend