Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीको पनि दाबी


    आइतबार, बैशाख २ २०८१
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन् । उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबी पेश गरिएको छ ।

    केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रुपमा उनले मुख्यमन्त्रीमा दाबि पेश गरेका हुन् । यसअघि आजै नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

    सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार