Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सीमा प्रहरीः किसानको मल रोक्ने, तस्करका सामान ल्याउन निर्वाध छुट दिने 


    बिहिबार, मंसिर ४ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • रौतहट । भारतीय सीमानाकाबाट किसानले मल ल्याउँदा जफत गर्ने र ढुवानीको साधन साइकल, मोटरसाइकल र गाडीसमेत जफत गर्ने प्रहरी प्रशासनले तस्करहरुलाई भने निर्वाध रुपमा सामान ओसारपसार गर्न छुट दिंदैआएको छ । नेपालमा मल नपाएपछि किसानले भारतबाट विभिन्न नाका हुँदै साइकल वा मोटरसाइकलमा ल्याउने गरेका छन् । भारतमा मल सस्तो पनि छ । तर किसानको मल जफत गर्ने २ नम्बर प्रदेशका बारा, रौतहट, पर्सा, सर्लाही, धनुषा, महोत्तरी लगायतका जिल्लाका सीमाका प्रहरी र सशस्त्रले तस्करहरुका भन्सारछलीका गाडी भने चुपचाप छाड्ने गरेका छन् ।

     यो वा त्यो बहानामा प्रहरी संरक्षणमा तस्करीका मौलाएको छ । रौतहटको प्रहरी चौकी बंकुलका असई रविकुमार लामाले बंकुल नाकाबाट तस्करीको लाइन दिएका छन् । सेटिङमा तस्करीलाई प्रश्रय दिएका उनले साइकलमा ल्याएको मल बरामद गरी बहादुरी प्रदर्शन गर्दैआएका छन् । स्रोतका अनुसार तस्करहरूले चौकी इन्चार्ज लामालाई दैनिक ३० हजारको दरले रकम दिएर तस्करीको लाइन चलाएका छन् । लामाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा मोतीम अंसारी कोपवा, विजय कुशवाहा बंकुल, संजय यादव सीतलपुर, उमेशकलवार सर्मूजवा, वीरेन्द्र यादव बंकुल र हेम चन्द यादव बंकुल हुन् ।

    प्रहरी सेटिङमा उनीहरूले ठूलो मात्रामा भारतबाट इलेक्ट्रोनिक पाट्र्स, लत्ताकपडा, गाडीको पाट्र्स, हार्डवेयर, ब्याट्री, मोबाइल, काजु, किसमिस, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपरागदेखि चपल, खसीबाख्रा, राँगा, भैंसीसम्म भारतबाट नेपालतर्फ भित्र्याउने गरेका छन् ।

     त्यस्तै नेपालबाट केराउ, मरिच, छोगडा, खुकुरी चुरोट, कवाड, लगायतका सामान भारततर्फ तस्करीका माध्यमबाट जाने गरेको छ । बिहार राज्यमा मदिरा निषेध गरिएकाले नेपालबाट तस्करीका माध्यमबाट ठूलो मात्रामा रक्सी भारततर्फ जाने गरेको छ । तस्कर गिरोहहरुसँग इन्चार्ज लामाले मासिक लाखौं रुपैयाँ बुझेर लाइन दिएको आरोप छ । रातिको समयमा प्रतिदिन लाखौ लाखका मालसामान बंकुल नाकाबाट ओसारपसार हुने गरेको छ । दैनिक दश लाख भन्दा बढीको कपडा उनीहरूले प्रहरी सेटिङमा भन्सार छली तस्करी गरिरहेको स्रोतको दावी छ ।

    तस्करहरूसँग असई लामा आफैले रकमको लेनदेन गर्ने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार तस्करहरुले दिनको समयमा सामान लाने र ल्याउने गर्दैनन्, रातिको बेला रातभर सीमा नाकाका गाउँ हुँदै तस्करी हुँदैआएको स्थानिय बताउँछन् । लामा जहाँ कार्यरत रहँदा पनि सधै विवादमा परिरहने असई हुन् । लामा धरमपुर चौकी बस्दा पनि १ महीनामै मदिराकाण्डमा परी इलाका प्रहरी गरुडामा तानिएका थिए । उनीसँग कमाण्ड कन्ट्रोल गर्ने क्षमता नभएपछि धरमपुरबाट तानेर गरुडामा थन्क्याइएको थियो । असई लामाले तस्करसँग सेटिङ गरी खुलेआम सामान ओसारपसारमा सहयोग गरेकोबारेमा गुनासो पुग्दा पनि जिल्ला र प्रदेश प्रहरीले बेवास्ता गर्नुले हिस्सा माथिसम्म पुग्ने गरेको पुष्टी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कर्मचारीहरुलाई प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जति कडा गर्न निर्देशन दिए पनि मातहतका युनिटबाट तस्करी रोकिएको छैन । एसपी शाहले जति कडा निर्देशन दिए पनि उनकै मातहतका डिएसपी भरत श्रेष्ठले लेनदेन गरी विवादित र बदनाम इन्चार्ज लामालाई सरक्षण गरिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार