Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको प्रश्नः गल्ती छैन भने भने छानबिनका लागि किन तयार नभएको ?


    बुधबार, चैत्र २८ २०८०
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।

    सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरि खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भएको दाबि गरेका थिए । सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउदै संसदीय छानिबन आवश्यक रहेको बताए ।

    सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्ब भन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकोले छानबिनको माग आफुहरुले गरेको बताए ।

    उनले आफुहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउदै गल्ति छैन भने भने छानबिनका लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार