Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपामा आएको ज्वरो मत्थर भो, कुनै हालतमा फुट्दैनः मन्त्री भट्टराई


    बुधबार, मंसिर ३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा । आजको सचिवालय बैठकको समयसँग ठ्याक्कै मिल्नेगरी मन्त्रिपरिषद बैठक राखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपा विभाजन हुनसक्ने संंकेत गर्दै ‘सर्वाधिक कठिन समय’ भनी सामाजिक संजालमा उल्लेख गरेका थिए । मन्त्रिपरिषद बैठक बोलाइए पनि उनी भने आज बिहानै झापातर्फ लागेका थिए । झापामा पुगेर उनले नेकपामा आएको संकट मथ्थर भएको बताएका छन् ।  
    मन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने प्रष्ट पारेका छन् 
     
     आज दिउँसो विर्तामोडस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित प्रेस सङ्गठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोहमा उनले पार्टीमा उत्पन्न विवाद मत्थर भएको जानकारी दिए ।

     ‘‘नेकपाको स्वास्थ्य आज बिहानसम्म राम्रो थिएन, १०४ डिग्रीको हनहनी ज्वरो आएको अवस्था थियो, अहिले पार्टीको विवाद समाधान उन्मुख भएको छ”, उनले भने “यो ज्वरो सिजनल फ्लु मात्र हो कोरोना लागेको होइन, मौसम परिवर्तनसँगै देखा पर्छ र आजदेखि मत्थर भइसकेको छ ।”

     मन्त्री भट्टराईले पार्टीको एकीकरण र विवादमा विदेशी शक्तिले चलखेल गरेको आरोप अस्वीकार गर्दै आफ्नै बलबुतामा पार्टीभित्र एकता कायम हुने बताए। उनले भने “हजारौँ कार्यकर्ता पङ्क्तिको विश्वास र योगदानबाट एकताबद्ध भएर समाजवादतर्फको फराकिलो मार्गमा पार्टी अघि बढ्छ, इन्डियनले फुटाउँदा फुट्ने र चाइनिजले जोड्दा जोडिने कुरा भ्रामक हो ।”

     शीर्ष नेतृत्वको विवाद हुँदा झगडामा पेट्रोल छर्किदै हिँड्ने व्यक्ति पार्टीभित्र देखा परेको उल्लेख गर्दै उनले पार्टीमा सङ्कट परेको बेला झगडा बढाउने कार्यकर्ता उच्छृङ्खल र अराजक भएको टिप्पणी गरे ।

     झापामा मुक्ति पौडेलको संयोजकत्वमा चयन भएको प्रेस सङ्गठनको झापा जिल्ला समितिले आज मन्त्री भट्टराईको उपस्थितिमा सङ्गठनका प्रदेश नं १ का संयोजक राजन केडीबाट शपथ लिएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार