Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दाङमा ७ जुवाडे पक्राउ


    बुधबार, मंसिर ३ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले २ लाख ६८ हजार रूपैयाँ नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दाङकाे घोराही-१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारीउर्फ शिवराज र २८ वर्षीय विवेक भण्डारी छन् ।

    त्यस्तै, घोराही १७ का ३४ बर्षीय किशोर बुढा मगर र २७ बर्षीय अजय भुसाल पनि जुवाको खालबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए ।

    भण्डारीको घरमा जुवा खेलिरहेको सुराकको आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई बुधवार बिहान ३ बजे पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    प्रहरीले जुवा खेल्नेहरुको साथबाट ६ गड्डी तास बरामद गरेकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार