Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘प्रधानमन्त्री ओलीलाई अब पदबाट हटाउनैपर्छ’


    बुधबार, मंसिर ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनैपर्ने बताएका छन् ।

    बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनु पर्ने बताएका हुन् ।

    जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले ट्विटरमा लेखेका छन् ‘ नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है:

    १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;

    २.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार