Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २३ वर्षीया युवती बलात्कृत, युवक पक्राउ


    बुधबार, मंसिर ३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जबरजस्ती करणी गरेकाे आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा माेरङकाे जहदा गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशाल सोनार ठाकुर रहेका प्रहरीले जनाएकाे छ ।

    २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेकाे आरोपमा उनलाई मंगलबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    प्रहरीका अनुसार गत साउन १ गते साँझ ती युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका-७ मधुवनीबाट पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार