Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउने ‘औषधि (तेस्रो संशोधन) अध्यादेश’ जारी


    बुधबार, मंसिर ३ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायतका व्यवस्था गर्न मन्त्रिपरिषद्को सिफारिसमा ‘औषधि (तेस्रो संशोधन) अध्यादेश’ जारी गरेकी छन्।

    बुधबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यस्तो अध्यादेश जारी गरेकी हुन्।

    राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘आज मिति २०७७ साल मंसिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गर्नुभएको छ।’

    EnGSvywUwAIKgE0.jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार