Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त


    बुधबार, मंसिर ३ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।  

    यो सँगै नेपालमा  १ लाख ८२ हजार ७ सय ८० जना संक्रमित  उपचारपछि निको भएका छन्। 

    नेपालमा १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।   

    मन्त्रालयका अनुसार ९१० जना क्वारेन्टाइनमा छन्।  नेपालमा २८ हजार ८ सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार