Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिए


    बुधबार, मंसिर ३ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८  जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२२ , ललितपुरमा १६८ र भक्तपुरमा ४८ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    देशभर २ हजार ८१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। 

    २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार हजार ७८० पुगेको छ।  

    आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार २५९ जनाको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार