काठमाडौं । देशको मूल मानिने राजनीतिक क्षेत्र नै सङ्लो नभएको अवस्थामा पेशागत संघ संगठनमा पनि त्यसको असर पर्छ नै । हरेक पेशागत संघ संगठनमा दलीय हस्तक्षेप बढिरहेको छ । राजनीतिक क्षेत्रमा नो भोटको प्रावधान नभएकाले नागरिक जति निराश भए पनि मत दिनैपर्ने बाध्यता छ । तर शनिबार भएको नेपाल बन प्राविधिक संघको चुनावमा नो भोटको ब्यवस्था गरिएको थियो । जहाँ उल्लेख्य संख्यामा वन प्राविधिकहरुले नो भोट गरेका छन् ।
वन प्राविधिक संघको निर्वाचनामा जम्मा २ हजार २ सय ३२ भोट खसेकोमा २ हजार १ सय २९ भोट उम्मेदवारलाई परेको थियो भने १ सय ३ जना वन प्राविधिकले नो भोट गरेका थिए ।
संघको अध्यक्ष पदमा राकेश कर्ण बिजयी भएका थिए । पेशागत संघ संगठनको नेतृत्व गरिसकेका वन प्राविधिक महादीप पोखरेलले नो भोटको पक्षमा अभियान चलाएका थिए ।
नो भोट अभियान चलाउँदै आएका पोखरेलले संघको निर्वाचनमा निम्न सवालहरु उठाएका थिए–‘मुख्य कुरा हाम्रो प्राकृतिक स्रोत र साधनमाथि नववदारबादले कब्जा जमाउने सुरसार छ र यी बहुराष्ट्रिय कम्पनी मार्फत् आइरहेका छन् । विश्व बैंक त्यसको संरक्षक हो ।
विश्वभर फैलिएको यो दुष्टचक्रलाई पर्दाफास नगरिकन हाम्रो बन–खनिज र जलश्रोतबाट आशातित लाभ देशले लिन सक्दैन ।
यो बिषयमा नेपालका राजनीतिक नेतृत्वहरु असफलमात्र होइन ,नवउदारवादकै पिछलग्गु बनेका छ्न । यस्मा सबै राजनीतिक पार्टीहरु उस्तैउस्तै हुन् । अनि हामी बन,बाताबरण क्षेत्रका मान्छेहरुले इमानदारीपूर्वक हस्तक्षेप र फिडब्याक दिन जरुरी छ ।
यदि हामी अहिलेको स्थितिमा पार्टीगत राजनीतिलाई प्रश्रय दिइरहँदा हाम्रो आलोचनात्मक र सृजनात्मक चेंत मरेको छ । मेरो मुख्य चिन्ता यही हो, बांँकी सबै जान्ने बुझ्ने नै हुनुहुन्छ ।’
नो भोटको पक्षमा अभियान चलाउने क्रममा यति ठूलो संख्यामा प्राविधिकहरुले समर्थन जनाउने आशा पोखरेलले नगरेको बताउँदै लेखेका छन्, १ सय ३ जनाले नो भोट गर्नु ऐतिहासिक हो, नैतिक बिजय भएको महसुस भएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend