Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेम्के डाँडामा भ्यू टावर बन्ने


    बुधबार, मंसिर ३ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भोजपुर ।  भोजपुर र खोटाङको सीमनामा अवस्थित टेम्के डाँडामा निर्माण हुन् लागेको किराँत राईहरुको पहिचान जोडिएको चिण्डो आकारको भ्यू टावरको डिजाईन फोटो । तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख मिलन आचार्यले जानकारी दिनुभयो ।

    टेम्केडाँडाबाट तराईका फाँटसँगै सरगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्से लगायत ८ हजार मिटर अग्ला ६ ओटा, अन्य ३३ ओटा हिम शृङ्खलाको अवलोकन गर्न सकिन्छ । टावर कुन्सालिङ कन्ट्रक्सन भोजपुरले आगमी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ । टावर जमिनको सतहबाट २० मिटर अग्लो हुने जनाइएको छ । तस्बिर ः युवराज विष्ट÷रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार